सुर्खेत । प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका सबै पदाधिकारी प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेदवार बन्ने भएका छन् । देउवासहित १३ जना पदाधिकारी निर्वाचन क्षेत्रबाट प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस भएका हुन् । प्रधानमन्त्री देउवा डडेल्धुराबाट सर्वसम्मत सिफारिस भएका छन् । उपसभापति पूर्णबहादुर खड्का सुर्खेत १ र अर्का उपसभापति धनराज गुरुङ स्याङ्जा १ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन् ।
महामन्त्रीहरू गगन थापा काठमाडौं– ४ बाट र विश्वप्रकाश शर्मा झापा– १ बाट, सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय(डिना) मकवानपुर– २, किशोरसिंह राठौर बाँके ३ र बद्री पाण्डे बाजुराबाट। भीष्मराज आङ्देम्बे पाँचथर, महेन्द्र यादव धनुषा– ४, उमाकान्त चौधरी बारा– १, जीवन परियार कास्की– १, फरमुल्लाह मन्सुर बारा– ३ बाट सिफारिस भएका छन् ।
नेता रामचन्द्र पौडेल तनहुँ १ बाट सिफारिस भएका छन् । नेता शेखर कोइराला मोरङ ६ बाट सिफारिस भएका छन् । पूर्वमहामन्त्री तथा अर्का नेता कृष्णप्रसाद सिटौला झापा– ३ बाट प्रत्यक्षतर्फ उम्मेदवारका लागि सिफारिस भएका छन् । पूर्वउपसभापति विजय गच्छेदार सुनसरी ३ बाट, सुजाता कोइराला मोरङ २ बाट, प्रवक्ता डा प्रकाशशरण महत नुवाकोट १ बाट, पूर्वअर्थमन्त्री डा रामशरण महतको नाम पनि सिफारिस भएको छ । त्यस्तै, पूर्वमहामन्त्री शशांक कोइराला पूर्वी नवलपरासी– १ बाट सिफारिस भएका छन् ।
संवाददाता । सोमबार, भदौ २०, २०७९ मा प्रकाशित