Karnali Media
२०८३ असार २ , मंगलबार

फोटो पत्रकार महासंघ सुर्खेतको नयाँ कार्यसमिति चयन



सुर्खेत । नेपाल फोटो पत्रकार महासंघ सुर्खेत शाखाले नयाँ कार्यसमिति चयन गरेको छ । सोमबार वीरेन्द्रनगरमा सम्पन्न महासंघको जिल्ला शाखाको तेस्रो अधिवेशनले
अध्यक्षमा रेवती रमन उपाध्याय सहित ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

जसको अध्यक्षमा रेवती रमन उपाध्याय, उपाध्यक्षमा नविनजंग शाही, सचिवमा भिमबहादुर परियार, सह–सचिवमा कल्पना ढेङ्गामगर र कोषाध्यक्षमा किरण रेग्मी सर्वसम्मत चयन भएका छन्।


यस्तै, सदस्यमा मदन आचार्य, लक्ष्मीप्रसाद पौडेल, भावना राना, गीता कटुवाल, ललिता विश्कर्मा र दिनेश बुढा सर्वासम्मत चयन भएका अध्यक्ष उपाध्ययाले जानकारी दिए। अधिवेशनमा नेपाल फोटो पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्ष गोविन्द केसी र पूर्व जिल्ला अध्यक्ष यज्ञ खत्रीको सहभागीता रहेको थियो।

प्रकाशित मिति : २०७९ भदौ २० गते सोमबार