दैलेख । नेपाली काँग्रेसले दैलेख क्षेत्र नम्बर २ ‘क’ बाट प्रदेश सभाको निर्वाचनका लागी प्रत्यक्षतर्फ ५ जनाको नाम सिफारिस गरेको छ ।
बुधबार काँग्रेस क्षेत्रीय कार्यसमितिले घनश्याम भण्डारी, प्रकाशमान भण्डारी, मातृका प्रसाद रिजाल, झक्क विष्ट, धिरेन्द्र सापकोटाको नाम सिफारिस गरेको हो । सिफारिस हुनेमा घनश्याम भण्डारी ०७४ सालको स्थानीय तहको निर्वाचनमा दुल्लु नगरपालिकाको मेयर बनेका थिए । यस्तै प्रकाशमा भण्डारी युवाहरुमाझ लोकप्रिय छन् । उम्मेदवार सिफारिस भएका मध्ये उनी युवा उम्मेदवार पनि हुन । मातृका प्रसाद रिजाल संस्थापनईत्तर पक्षबाट नेतृत्व गर्छन्। उनि स्थानीय तह निर्वाचन २०७९ मा मेयरका आकांक्षी पनि थिए । झक्क बिष्ट पनि प्रदेश सभाको निर्वाचनमा सिफारिस भएका छन् । साथै पार्टीको १४ औं महाधिवेशन प्रतिनिधी बनेका धिरेन्द्र सापकोटा सिफारिस भएका छन् ।
सिफारिस भएका पाँचै जना उम्मेदवार सबैले पार्टी तथा समाजमा महत्वपूर्ण योगदान दिएका छन् । जनताले भने पछिल्लो समय राजनीतिमा युवा तथा नयाँ अनुहार हेर्न चाहेका छन्। साथै उम्मेदवार सबै र सधै दुल्लु केन्द्रीत भएकोले पनि दुल्लुभन्दा बाहिरका मतदाताहरु भने निरास भएको काँग्रेस निकट स्रोतको भनाई छ ।
प्रबल सम्भावना र युवाहरूमाझ लोकप्रिय रहेका प्रदेश महाधिवेशन प्रतिनिधि प्रकाशमान भण्डारी राजनीतिमा युवा नेतृत्व आवश्यक भएको बताउँछन्। “सबै जनताहरु युवा तथा नयाँ अनुहारको खोजीमा छन। हाम्रो क्षेत्रबाट सिपारिस भएको सम्पुर्ण नेता भन्दा म नै युवा हु, हाल सम्म हाम्रो क्षेत्रको अहिले सम्म कोहिपनी जनताको नेता बन्न सकेनन्, कुनै समुहको मात्र नेता बने यहाँको गरिबी, अशिक्षा, बेरोजगारी आदि बिषयमा कसैले पनि चासो नदियको र हाम्रो ज्वाला मालिका क्षेत्रको सम्पुर्ण नेता कर्याकर्ता को एकल सिपारिसमामा म प्रदेश माननीयको टिकटको दौडमा भएको कर्णाली मिडियालाई उनले भने यस्तै पन्चायतकाल देखी द्वन्दकाल सम्म नेपाली कांग्रेसलाई बचाई राख्न मेरो परिवारको महत्त्वपूर्ण भुमिका रहेको र कांग्रेस भएकै कारण मेरो परिवार र हामी सङ जोडिएको साथिहरु ले धेरै दुख्न पाउनु परेको उनी सुनाउछन् । पार्टीभित्रका सबै गुटले रुचाउने भएकाले पनि मेरो उम्मेदवारी हो । सहज र सबैलाई सम्मान गरेर अघि बढ्नुपर्छ भन्ने मान्यता राखेको छु । सबैले रुचाउने भएकै कारण मैले सहजै जित्नसक्छु, भने आधारमा आफु बनेको हुँ” उनी भन्छन्।
संवाददाता । बुधबार, भदौ २२, २०७९ मा प्रकाशित