सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेशमा ३ सय १४ सदस्यीय प्रदेश निर्वाचन परिचालन कमिटि गठन गरेकाे छ।
एमाले कर्णाली प्रदेश कमिटिकाे भदाै २१ र २२ गते वीरेन्द्रनगरमा बसेकाे बैठकले प्रदेश अध्यक्ष विनाेद कुमार शाहकाे संयाेजकत्वमा निर्वाचन परिचालन कमिटि गठन गरेकाे हाे। आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई प्रभावकारी रूपमा परिचालन गर्न उक्त कमिटि गठन गरिएकाे अध्यक्ष शाहले जानकारी दिए। यस्तै शाहकै संयाेजकत्वमा २६ सदस्यीय सचिवालय गठन गरेकाे छ । बैठकले टाेलसम्म ७ तहका निर्वाचन परिचालन गर्ने पनि निर्णय गरेकाे छ ।
यस्ता छन् निर्णयहरु :
नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीको पाँचौँ बैठक तथा आसन्न प्रतिनिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठित निर्वाचन परिचालन कमिटीको २०७९ भाद्र २१ र २२ गते बसेको बैठकले गरेका निर्णयहरुबारे जानकारी दिन यो प्रेस विज्ञप्ती जारी गरिएको छ ।
१) प्रदेश कमिटीका अध्यक्ष क. विनोदकुमार शाहको अध्यक्षतामा बसेको बैठकलाई पार्टी स्थायी कमिटीका सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज कमरेड यामलाल कंडेल र स्थायी कमिटी सदस्य कमरेड गोरखबहादुर बोगटीले संबोधन गर्नुभएको थियो । बैठकलाई संवोधन गर्दै प्रदेश इन्चार्ज कंडेलले आसन्न प्रतिनिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रधानमन्त्री र मुख्यमन्त्री बनाउने विषयसँग मात्र सम्बन्धित नरहेर नेपालको राष्ट्रियता, सार्वभौमिकता र जनजिविकासँग जोडिएकोले यसपटकको निर्वाचन नेकपा (एमाले)ले जित्नै पर्ने बताउनुभयो । उहाँले पार्टीले लिएको नीति र विचारकै कारण जनताले अझै पनि नेकपा(एमाले)लाई भरोसा गरिरहेकोले निर्वाचनमा विगतका कमजोरीहरु सुधार गर्दै पार्टीको सम्पूर्ण शक्ति एकताबद्ध भएर लाग्न निर्देशन दिनुभयो । निर्वाचनमा सत्ताधारी दलले सत्ताको दुरुपयोग गर्न सक्ने सम्भावनाप्रति सचेत रहन र गलत प्रवृतिलाई निरुत्साहित बैठकमा इन्चार्ज कंडेलले निर्देशन दिनुभयो । त्यस्तै स्थायी कमिटी सदस्य बोगटीले विगत एक वर्षको सरकार संचालनको अनुभवले गठबन्धनको औचित्य समाप्त भइसकेकोले यसपटकको निर्वाचनबाट जनताले नै गठबन्धन परास्त गर्ने धारणा राख्नुभयो । अध्यक्ष कमरेड विनोदकुमार शाहले जिल्ला अध्यक्षहरुबाट उत्साहपूर्ण प्राप्त प्रतिवेदनलाई धन्यवाद दिदै आगामी निर्वाचनमा व्यापक जनमत सृजना गर्न पार्टीको सम्पूर्ण पंक्ती एकताबद्ध भएर लाग्न निर्देशन दिनुभयो ।
२) बैठकले कर्णाली प्रदेश कमिटी अर्न्तगतका दशै जिल्ला अध्यक्षहरुबाट सांगठनिक राजनीतिक र आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका सन्दर्भमा प्रस्तुत जिल्लागत रिपोर्टिंग सर्वसम्मतिले पारित भयो रिपोटिंगका सन्दर्भमा जिल्ला अध्यक्षहरुले विगतको स्थानीय तहको निर्वाचनभन्दा पार्टीको सांगठनिक अवस्था सुदृढ हुदै गएकोले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेकपा (एमाले)ले उत्साहपूर्ण नजिता ल्याउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
(३) बैठकले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका सन्दर्भमा जिल्लाहरुबाट प्राप्त प्रत्यक्ष र समानुपातिक तर्फका सिफारिसलाई पार्टी केन्द्रीय कार्यालयमा पठाउने निर्णय गरेको छ ।
४) बैठकले आगामी प्रदेश तथा प्रतिनिधिसभामा निर्वाचनलाई व्यवस्थित प्रभावकारी परिचालनका लागि
प्रदेश कमिटीका अध्यक्ष कमरेड विनोदकुमार शाहको संयोजकत्वमा ३१४ सदस्यीय प्रदेश निर्वाचन
परिचालन कमिटी गठन गरेको छ । परिचालन कमिटीमा प्रदेश कमिटीका सदस्यहरु, पार्टीका जिल्ला अध्यक्षहरु, प्रदेशस्तरका जनसंगठनका अध्यक्ष र सचिवहरु सदस्य रहने व्यवस्था गरिएको छ । त्यस्तै पार्टी प्रदेश अध्यक्ष कमरेड सचिवालय गठन गरेको छ ।
५) बैठकले आसन्न निर्वाचन प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा तहगत निर्वाचन परिचालन कमिटी गठन गर्न निर्देशन दिएको छ । जसवनुसार पार्टीको पदम, जिल्ला प्रतिनिधिसभा, प्रदेशसभा,गाउँ/नगरपालिका, वडा र टोल ७ निर्वाचन परिचालन गठन गर्ने व्यवस्था मिलाइएको छ । विनोदकुमार शाहको संयोजकत्वमा ४६ सदस्यीय निर्वाचन परिचालन
६) वैठकले प्रदेश कमिटीका सदस्य योगेन्द्र शाही (दैलेख)पाटर्टीको वद तथा योजना विभागको मनोनयन भएकोमा हार्दिक बधाईसहित प्रदेश कमिटी सदस्यबाट दिएको राजीनामावता कर्णाली प्रदेश कमिटीका सदस्य नगेन्द्र शाह (जाजरकोट) लाई पदाधिकारीको पाँचीबाट बनुमान कारवाही र सदस्यताबाट निष्काशन गर्ने निर्णयलाई अनुमोदन गरेको छ ।
संवाददाता । बिहिबार, भदौ २३, २०७९ मा प्रकाशित