सुर्खेत । विकाससँगै हरेक क्षेत्रमा युवाहरुलाई जोड्न सके मात्रै समृद्ध समाज निर्माण हुने वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले बताएकी छन्।
प्रयास परियोजनाले आईतबार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख ढकालले युवाहरुको सहभागिता हरेक क्षेत्रमा हुन सके मात्रै समृद्ध समाज निर्माण गर्न सकिने बताएकी हुन्।
विकासका लागि युवा शक्ती आवश्यक रहेको भन्दै नगरपालिकाले युवा सहभागिता बढाउन नीति नै बनाउने गरी छलफल अगाडी बढाउने उनको भनाई छ। युवाहरुको लागि छुट्याइएको बजेट कार्यान्वयनको अवस्था के छ ? भनेर खोज्ने काम पनि गर्न सुझाव दिँदै उनले यदी बजेट कार्यक्रम नै नभएको खण्डमा दवाव सिर्जना गर्न सक्नुपर्नेमा जोड दिदै, अब प्रश्न मात्रै नभएर हस्तक्षेपकारी भुमीका निर्वाह गर्दै समस्याको समाधानको बाटो देखाउनेगरी युवाहरुले भुमीका निर्वाह गर्नुपर्ने ढकालको सुझाव छ ।
कार्यक्रममा उपप्रमुख निलकण्ठ खनाल र परियोजनासँग जोडिएका विभिन्न व्यक्तीहरुले आफ्नो भनाई राखेका थिए ।
प्रयास परियोजनाले तिन बर्षमा गरेका कार्यको प्रगति समिक्षा समेत गरिएको थियो । युरोपियन युनियनको आर्थिक सहयोगमा भिएसओ, अकोराव, आयोन र एफएससिएनको साझेदार संस्थाद्वारा संचालित प्रयास परियोजनाले सुर्खेतको वीरेन्द्रनगर, भेरीगंगा र लेकवेसी नगरपालिकामा विपद् व्यवस्थापन, जलवायु परिवर्तन न्युनिकरण, युवा र सुशासनका सवालमा केन्द्रित रहेर काम गरिरहेको छ।
संवाददाता । आइतबार, भदौ २६, २०७९ मा प्रकाशित