Karnali Media
२०८३ भदौ १० , बुधबार

दैलेखमा चट्याङ्ग लाग्दा पाँच जना घाइते



दैलेख । जिल्लाको दुल्लुमा चट्याङ्ग लागेर पाँच जना घाइते भएका छन्। दुल्लु नगरपालिका–४ पानदेउका सरुपा बिकको खेत बारीमा खेत गोडने क्रममा चट्याङ्ग लागेर घाइते भएका हुन्।

कर्णाली प्रदेश प्रहरी कार्यालयकाअनुसार घाइते हुनेमा ४० वर्षीया तारा विक, ४३ वर्षीया सिद्ध विक, ४२ वर्षीया सरुपा विक, ४६ वर्षीया ईश्वरा विक र ४२ वर्षीया लक्ष्मी विक रहेका छन्।


उनिहरुको हाल दुल्लु अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाई रहेको छ।

प्रकाशित मिति : २०७९ भदौ २८ गते मंगलबार