सुर्खेत । चिङ्गाड गाउँपालिका वडा ५ सुर्खेतले एक सय दिनको उपलब्धि सार्वजनिक गरेको छ। बैशाख ३० मा भएको स्थानीय चुनावबाट निर्वाचित जनप्रतिनिधिले कार्यभार सम्हालेको एक सय दिन पुगेको अवसरमा चिङ्गाड गाउँपालिका वडा ५ ले पनि सय दिनको उपलब्धि सार्वजनिक गरेको हो।
उपलब्धि सार्वजनिक गर्दै वडाध्यक्ष लालबहादुर जिसीले संविधानमा भएको व्यवस्था बमोजिम मुलुक तीन तहको सरकारको परिकल्पना अनुरुप मिति २०७९ बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा जनताको उत्साहजनक सहभागीताबाट चुनिएको र जनताको सेवा गर्न पाएको खुसि लागेको बताए । उनले भने, ‘हालसम्म यी उपलब्धिहरु प्राप्त गर्नका लागि सहयोग गर्नुहुने सम्पुर्ण राजनीति दलहरु सामाजिक क्षेत्रमा कृयाशिल संघ सस्था आम जनसमुदायहरुलाई हार्दिक धन्यवाद ज्ञापन व्यक्त गर्दछु। साथै आगामी दिनहरुमा जनमुखि कार्यक्रमहरु कार्यनयनमा पुर्ण सहयोगको आपेक्षा सहित हामीले राजनैतिक सस्कारको उच्चतम मान्यतालाई कायम गर्दै अगाडी बढ्ने संकल्प गर्दछु ।’
यस्ता छन् १०० दिनका उपलब्धिहरु :
१. पदभार ग्रहण संगै ५ नम्बर वडाको समग्र विकासका लागि यस वडामा कृयाशिल विभिन्न राजनीतिक दल निवर्तमान जनप्रतिनिधिहरु,सहकारी,गैर-सहकारी संघ सस्थाहरु,समाजसेवी पेशाक्रमिहरु बिच अन्तरक्रिया गरि आगामी रणनीति तयार गरियो ।
२. वडा न.५ बाट निर्वाचित जनप्रतिनिधिहरुले पाउने सेवा सुविधा मध्येबाट प्रती बर्ष एक/एक महिनाको पारिश्रमिक सामाजिक सेवामा लगाउने निर्णय गरियो ।
३. गरिव तथा विपन्न घरपरिवारलाई निशुल्क स्वास्थ्य बिमा कार्यक्रमको लागि आवस्यक बजेट बिनियोजन गरियो ।
४. स्वास्थ्य बिमा कार्यक्रमलाई अभियानको रुपमा संचालन गर्न यस वडा भित्र रहेका जनप्रतिनिधि र कर्मचारी भएका घरपरिवारले अनिवार्य रूपमा स्वास्थ्य बिमा कार्यक्रममा जोडिने प्रक्रिया अगाडि बढाईएको छ ।
५. ६ महिना देखि बन्द रहेको सामुदायिक स्वास्थ्य ईकाई ढाडखेत संचालन ल्याउन आवस्यक पहल गरि संचालन भएको ।
६. बिगत तीन बर्ष देखि बन्द रहेको कृषि सेवा केन्द्र र पशु सेवा केन्द्रको आफ्नै भवनबाट पुन:सेवा संचालन गर्न आवस्यक पहल गरि सेवा सुचारु गरिएको ।
७. जेष्ठ नागरिक भेटघाट कक्षको लागि आवस्यक बजेटको व्यवस्था गरिएको ।
८. एक घर एक धारा खानेपानी योजनालाई पुर्णता दिन आवश्यक बजेट बिनियोजन गरिएको छ ।
९. वडा स्तरीय शिक्षा समिति गठन भई गुणस्तरीय शिक्षाका लागि कार्ययोजना सहित कार्यनयनमा अगाडि बढाईएको छ ।
१०. वडा स्तरीय विपद व्यवस्थापन समिति गठन भई विपद न्यूनीकरणका लागि कार्ययोजना निर्माण गरिएको छ ।
११. चिङ्गाड सव डिभिजन बन कार्यलयको भवन निर्माणमा आवस्यक समन्वय गरि निर्माण कार्य सम्पन्न भएको छ ।
१२. बिगत दस बर्ष देखि निर्माणाधिन प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण कार्यमा आवस्यक समन्वय गरिएको छ ।
१३. यस वडा भित्र बिगतमा संचालित विकास निर्माणका कामहरुलाई नवनिर्वाचित टिमले अपनत्व लिदै निर्माण कार्य सम्पन्न छ ।
संवाददाता । मङ्गलबार, भदौ २८, २०७९ मा प्रकाशित