सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा ७ सय ६५ जनामा गरिएको परिक्षणमा ६७ जना डेङ्गीका बिरामी फेला परेका छन्। श्रावण १ गतेदेखी भदौ २७ गतेसम्म ७ सय ६५ जनामा परिक्षण गरिएको थियो।
जसमा सबैभन्दा धेरै सुर्खेत जिल्लाका रहेको कर्णाली प्रदेश अस्पतालका ल्याब इन्चार्ज भरत देवकोटाले जानकारी दिए । उनका अनुसार सुर्खेत जिल्लाका मात्रै ५२ जनामा डेङ्गी फेला परेको हो ।
यस्तै दैलेखका ५, कालिकोटका ६, मुगुका १, जाजरकोटका १, सल्यानका १ र बाजुराका १ जनालाई डेङ्गी देखिएको हो। वीरेन्द्रनगर नगरपालिकाको हकमा ६ नं वडा, ४,२ र १२ नं वडामा डेङ्गीका बढी बिरामी फेला परेका हुन् ।
उमेरअनुसार १ देखी १५ वर्ष उमेर समुहका ६ जना, १६ देखी ५० वर्ष उमेर समुहका ५० जना र ५० भन्दामाथी उमेर समुहका ११ जनामा डेङ्गी फेला परेको देवकोटाले बताए ।
संवाददाता । मङ्गलबार, भदौ २८, २०७९ मा प्रकाशित