सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले अवैध संरचना हटाउन थालेको छ । वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा रहेका अवैध संरचनाले सडक विस्तारमा कठिनाई आएपछि हटाउन सुरु गरिएको हो।
नगरपालिकाले यसअघि अवैध संरचना हटाउन सात दिने सुचना पनि जारी गरेको थियो। मंगलगढी चौकबाट मुख्य बजार क्षेत्रमा रहेका विभिन्न अवैध संरचना, विद्युत तथा नेपाल टेलिकमका पोल तथा तारहरु र सडक किनारामा रहेका रुखहरु हटाउन थालेको छ।
मंगलगढी बाट गणेशचौकसम्मको सडक विस्तार गर्नुपर्ने भएकाले सडकका दुवै किनारामा रहेका अवैध संरचना हटाउन आज बाट काम सुरु गरिएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले जानकारी दिए ।
नगरपालिकाले अवैध संरचनासहित सडक क्षेत्राधिकार भित्र पर्ने नक्सापास अनुमति नलिई निर्माण भएका स्थायी र अस्थायी भौतिक संरचना पनि हटाउने जनाएको छ।
भिडियो
संवाददाता । बुधबार, भदौ २९, २०७९ मा प्रकाशित