Karnali Media
२०८३ भदौ १० , बुधबार

प्रतिनिधि सभा बैठकमा आज शीर्ष नेताले सम्बोधन गर्ने



काठमाडौं । आजको प्रतिनिधि सभा बैठकमा दलका शीर्ष नेताले सम्बोधन गर्ने भएका छन्। दिउँसो १ बजे बस्ने बैठकमा दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालय स्रोतले जनाएको छ।

बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललगायतका नेताले सम्बोधन गर्ने तय भएको छ ।


आजको संसद बैठक नै यो कार्यकालको अन्तिम बैठक हुनेछ । आज राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य हुँदैछ ।

प्रकाशित मिति : २०७९ असोज १ गते शनिबार