Karnali Media
२०८३ असार ५ , शुक्रबार

संविधान दिवसको अवसरमा ६८१ जनाको कैद सजाय माफ



सुर्खेत । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ६८१ जनाको कैद सजाय माफी दिएकी छन्। हरेक वर्ष संविधान दिवसको अवसरमा राष्ट्रपति भण्डारीले सजाय माफ गर्ने चलन छ।

त्यस अनुसार मन्त्रिपरिषदको सिफारिसमा ६८१ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफ गरिएको हो। शुक्रबार बसेको मन्त्रिपरिषद्‍को बैठकले उक्‍त सिफारिस गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।


यस्तै थप २१ जनाको कैद सजाय पनि माफी गरेको उनले बताए।

प्रकाशित मिति : २०७९ असोज २ गते आइतबार