सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको साविकको घुमखहरे गाविसका तत्कालीन सचिव खड्कबहादुर रोकायासहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
आर्थिक वर्ष २०६४/०६५ देखि २०६८/०६९ सम्म मोटर सिँचाइ आयोजनामा नक्कली झुट्टा बिल भरपाई बनाई ४ लाख ३८ हजार ५ सय रुपैयाँ हिनामिना गरेको भन्दै शुक्रवार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
साविकको गाविस सचिव खड्कबहादुर रोकाया, तत्कालीन गाविस सचिव देवीलाल सुनार, साविकको घुमखहरे गाविसका तत्कालीन प्राविधिक सहायक खगेन्द्रप्रसाद उपाध्याय र उपभोक्ता समितिका अध्यक्ष टोपबहादुर घर्ती भन्ने टोपबहादुर घर्तिमगरविरुद्ध मुद्दा दर्ता गरिएको अख्तियारको प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
संवाददाता । शुक्रबार, असोज ०७, २०७९ मा प्रकाशित