Karnali Media
२०८३ असार २ , मंगलबार

सल्यानमा जीप दुर्घटना ८ जनाको मृत्यु



सल्यान । सल्यानमा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। बुधबार बिहान २ बजे जीप दुर्घटनामा परेको हो।

बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिम तर्फ आउदै गरेको जीप मूलपानीनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको र गाडी सडकदेखि करिब दुई सय मिटर तल खोँचमा खसेको छ । गाडीमा नौ जना सवार रहेको प्रहरीले जनाएको छ।


दुर्घटनामा मृत्यु भएका कसैको नाम खुल्न सकेको छैन। दुर्घटनामा गम्भीर घाइते भएका एक जनालाई उपचारको लागि कपुरकोट गाउँपालिकाको एम्बुलेन्समा दाङ लगिएको प्रहरीको भनाई छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक दीपेन्द्र केसीले घटनास्थलमा प्रहरी पुगेर उद्धारको काम गरिरहेको र विस्तृत विवरण केहीबेरमा बाहिर आउने जानकारी दिएका छन्। अहिले ट्राफिक तथा इलाका प्रहरी कार्यालय कपुरकोट, लुहामको प्रहरीको टिम घटनास्थलमा पुगेर उद्धारमा जुटेको छ।

प्रकाशित मिति : २०७९ असोज १२ गते बुधबार