Karnali Media
२०८३ जेठ २६ , मंगलबार

निर्वाचन आचारसंहिता : के गर्न पाइन्छ, के गर्न पाइँदैन ?



सुर्खेत । आशन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागु भएको छ। गएराति १२ बजेबाट निर्वाचन आचारसंहिता लागु भएकाे निर्वाचन आयाेगका सहायक प्रवक्ता सूर्यप्रसाद आर्यालले जानकारी दिए।

गएराति १२ बजेबाट लागु भएको आचारसंहिता निर्वाचन सम्पन्न नहुँदासम्म लागु हुने आर्यालले बताए। अयोगले के गर्न हुन्छ र के गर्न हुँदैन उल्लेख गर्दै ६० बुँदे निर्देशन दिइएको छ। निर्देशनमा दल तथा उमेदवारहरूले गर्न हुने र नहुने उल्लेख छ।

उमेदवारी दिन चाहने व्यक्तिले बाहलवाला पदबाट राजीनामा दिनुपर्नेछ । उमेदवारले निर्वाचनमा खर्च गर्दा बैंक खाता खोल्नुपर्नेलगायत आचारसंहितामा उल्लेख छ। उमेदवारले निर्वाचनमा खर्च गर्दा खर्च गर्ने व्यक्ति तोक्नुपर्नेछ।

 


 

प्रकाशित मिति : २०७९ असोज १२ गते बुधबार