Karnali Media
२०८३ जेठ २५ , सोमबार

जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना, एकको मृत्यु



जुम्लाको हिमा गाउँपालिका–१ आचार्य लिहीमा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार बागमती प्रदेश, ०३००१ ख २१६४ नम्बरको ट्रक बुधबार राति दुर्घटना हुँदा ट्रक चालक मकवानपुर निवासी अविनाश लामाको मृत्यु भएको हो।


सहचालक मकवानपुरकै हरि न्यौपाने घाइते भएका छन्।घाइतेलाई राति नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लगेर उपचार गरिएको छ।

घाइते न्यौपानेको टाउकोमा चोट लागेको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए। सो ट्रकमा सात सय कार्टुन स्याउ रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०७९ असोज १३ गते बिहीबार