Karnali Media
२०८३ जेठ २५ , सोमबार

हुम्लामा पहिरोले घर पुरिदा ४ जनाको मृत्यु



सुर्खेत । पहिरोले घर पुरिदा हुम्लामा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएको छन् । लगातार परेको पानीले घरमाथि पहिरो जाँदा चंखेली गाउँपालिका–६ का मानवीर बिकको घर पहिरोले पुरेको थियो ।

कर्णाली प्रदेश प्रहरीका अनुसार मृत्यु हुनेमा ६० वर्षीया तुलसी विक, १२ वर्षीया हैजा बिक, ९ वर्षीया सुस्मिता विक, ७ वर्षीया बसन्त विक छन् ।


५ जना घाइतेको मेलसाय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रदेश प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असोज २४ गते सोमबार