१ कार्तिक,सुर्खेत । अरिङ्गालको टोकाइबाट सल्यानमा दुई जनाको मृत्यु भएको छ । अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका आमाछोरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । अर्का एक जना बिरामी छन्।
मृत्यु हुनेमा सिद्ध कुमाख गाउँपालिका १ हाम्फाल निवासी २१ वर्षीया शोभा बुढाथोकी र उहाँकी ४ वर्षीया छोरी प्राप्ति बुढाथोकी रहेका छन् । सोमबार अपरान्ह साढे ५ बजेतिर उनीहरू आफ्नै खेतमा धान काटेर घर फर्कंदै गर्दा अरिंगालले टोकेको थियो।
बिरामीमध्ये आमा-छोरीलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजतर्फ लैजाने क्रममा छोरीको जिल्लाकै त्रिवेणी गाउँपालिका ६ शंखुमलस्थित बाटोमै सोमबार बेलुका पौने ८ बजेतिर मृत्यु भएको थियो।
संवाददाता । मङ्गलबार, कार्तिक ०१, २०७९ मा प्रकाशित