Karnali Media
२०८३ असार १३ , शनिबार

वीरेन्द्रनगरमा लागूऔषध सहित २ जना पक्राउ



सुर्खेत । वीरेन्द्रनगर सुर्खेतमा लागूऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका -३ गण्डकी लाउईनबाट उनिहरुलाई नगर प्रहरी कार्यालय सुर्खेतबाट गस्तीमा खटिएको प्रहरीको टोलिले पक्राउ गरेको हो।

बिहिबार राती १० बजेको समयमा गण्डकीलाईन स्थित सडक बाटोमा शंकास्पद रुपमा हिडिरहेका वीरेन्द्रनगर नगरपालिका वडा नं.९ बस्ने बर्ष २१ का पर्वत ढकाल र २२ बर्षका प्रकाश सुबेदीलाई संकास्पद गतिविधि गरेको देखीएकोले नगर प्रहरी कार्यालय सुर्खेतबाट गस्तीमा खटिएको प्रहरीको टोलिले सोधपुछ गरी शरीर खानतलासी गर्दा निजहरुको साथबाट प्लाष्टिक सहित ८२० (आठ सय बिस) मिलिग्राम र शुद्ध ४६० (चार सय साठी) मिलिग्राम लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ बरामद गरी मानिस सहित नियन्त्रणमा लिएर अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


प्रकाशित मिति : २०७९ कात्तिक ४ गते शुक्रबार