Karnali Media
२०८३ असार २ , मंगलबार

दैलेखमा सिभिल प्रहरी हुँ भन्दै बोलेरो चालकलाई हैरानी दिने एक जना पक्राउ



दैलेख । सिभिल प्रहरी हुँ भन्दै पैसा असुल गर्ने र बोलेरो जीप चालकहरूलाई गाली र हैरानी दिने एक जनालाई दैलेख प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्लाको नारायण नगरपालिका वडा नम्बर ६ बस्ने २४ बर्षीया अनुपम आचार्य रहेको प्रहरीले जनाएको छ। नारायण नगरपालिका ३ खुर्सानीबारीमा बोलेरो चालहरुबाट पैसा असुल्दै र गाली हैरानी गरेको भन्ने खबरका आधारमा जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिई गएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।


उनले चालकहरु माथी अभद्र व्यवहार गरि हैरानी दिएकोले जिल्ला प्रशासन कार्यालय दैलेखले ७ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको छ।
‌‌‌‌‍‍‍‍‍‍‍‍‍‌

प्रकाशित मिति : २०७९ कात्तिक १६ गते बुधबार