काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । एक कार्यक्रमका बीच अध्यक्ष लामिछानेले सार्वजनिक गरेको घोषणापत्रलाई ‘बाचा पत्र’ को नाम दिइएको छ ।
स्वतन्त्र पार्टीले पार्टीले स्थापनाको पृष्ठभूमिसँगै विगत ५ वर्षको समीक्षा र अबको ५ वर्षमा आफूले गर्ने कामको फेहरिस्त बाचापत्रमार्फत ल्याएको छ । रविको पार्टीले घोषणापत्रमा २३ वटा बाचा गरेको छ । निर्वाचन प्रक्रियामा सुधारसहित रविले अनुपस्थित मतदान पद्धति, राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्थाका लागि वकालत गरेका छन् । त्यस्तै स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधारलगायतका विकासका लागि आफ्नो पार्टीले गर्ने काम पनि रविले अघि सारेका छन् ।
हेर्नुस् घोषणापत्रको पूर्णपाठ
संवाददाता । बिहिबार, कार्तिक १७, २०७९ मा प्रकाशित