Karnali Media
२०८३ असार २ , मंगलबार

कालीकोटमा जीप दुर्घटना, ३ जनाको मृत्यु



फाईल तस्बिर

सुर्खेत । मुगुबाट सुर्खेतका लागि छुटेको भे १ छ ४४१२ नम्बरको जीप कालीकोटको तिलागुफा नगरपालिका ५ खल्लागाडमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

जीप दुर्घटनामा एक जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए । मृत्यु हुनेमा ठेगाना नखुलेका वर्ष २१ का अकल विक, वर्ष २५ का सुदर्शन सेजुवाल र वर्ष २१ का रमेश बुढा रहेका छन् । दुर्घटनामा सात जना घाइते भएका र उनीहरूलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति : २०७९ कात्तिक २२ गते मंगलबार