Karnali Media
२०८३ असार २ , मंगलबार

सुर्खेतबाट लागूऔषध मुद्दामा फरार एकजना पक्राउ



सुर्खेत । सुर्खेत जिल्ला अदालतबाट फैसला भई लागूऔषध ब्राउनसुगर मुद्धामा ४ वर्ष ११ महिना कैद सजाय र ५ हजार जरिवाना तोकिएका फरार एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

वीरेन्द्रनगर नगरपालिका वडा नं ११ बस्ने ३१ बर्षिय लिलाराम पुरीलाई खोजतलास गर्ने क्रममा लागुऔषध नियन्त्रण व्युरो शाखा सुर्खेत र यस जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले मिति मंगलबार वीरेन्द्रनगर नगरपालिका वडा नं ११ मा फेलापारी कैद भुक्तानी तथा जरिवाना भुक्तानीको लागी सुर्खेत जिल्ला अदालतमा पठाईएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


प्रकाशित मिति : २०७९ कात्तिक २२ गते मंगलबार