सुर्खेत । कर्णालीका अपांगता भएका व्यक्तिहरुले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको मतदान निर्वाचनलाई अपाङ्ग मैत्री बनाउन आग्रह गरेका छन् ।
उनीहरुले प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचन हुन ९ दिन मात्र बाकि रहदा विगतका निर्वाचनमा पनि मतदान स्थल अपांगता मैत्री नभएको भन्दै यो पटकको निर्वाचनमा मतदान गर्ने स्थल अपांगता मैत्री बनाउन आग्रह गरेका हुन् ।
दैलेखको दुल्लु नगरपालिका ५ का ओम रिजालले यसअघिका निर्वाचनमा मतदान स्थल अपाङगता मैत्री बन्न नसकेको बताए । अपाङ्गता भएका मतदाताले मतदान केन्द्रमा लाइनमा बस्नु अवस्था रहेको भन्दै उनले मतदान केन्द्रलाई अपाङगता मैत्री बनाउन ध्यान दिन सुझाव दिए ।
यस्तै, सुर्खेत चिङ्गाड गाउँपालिका ५ का नरेन्द्र रानाले पनि मतदान केन्द्रलाई अपाङ्गमैत्री बनाउन कसैले ध्यान नदिएका कारण अधिकांश मतदाताले मताधिकार प्रयोगबाट वञ्चित हुनुपरेको बताए ।
उनले कर्णालीका धेरै जसो मतदान स्थलमा अपाङ्गता भएका मतदाताहरु सहजरुपमा पुग्न नसकेको भन्दै राज्यले सबैलाई सजिलो हुने गरी मतदानको व्यवस्था गर्न माग गरे ।
यता, जिल्ला निर्वाचन कार्यालयहरुले भने मतदान स्थाल र केन्द्रलाइ अपाङगता मैत्री बनाउन हरसम्भव प्रयास भइरहेको प्रतिक्रिया दिएका छन ।
जिल्ला निर्वाचन कार्यालय सल्यानका निर्वाचन अधिकारी निमराज भट्टराईले मतदान स्थललाई समवेशी बनाउने प्रयासमा आफुहरु लागेको जानकारी दिएका छन् ।
यस्तै, जिल्ला निर्वाचन कार्यालय डोल्पाले भने केही मतदान स्थलहरु अपाङ्ग मैत्री भएपनि भौगालिक विकट्ताले गर्दा समस्या भएको बताएको छ ।
प्रमुख निर्वाचन अधिकारी राम बहादुर सार्कीले मतदान स्थलमा खटिएका मतदान अधिकृतहरुसँग समन्वय गरी अपाङ्ग मैत्री बनाउने प्रयास भइरहेको बताए ।
अधिकांस निर्वाचन कार्यालयहरुले स्वयमले कर्णालीमा अपाङ्गमैत्री मतदान स्थल बनाउन नसकिएको स्वीकार गरिसकेका छन । कर्णालीमा अपाङ्गमैत्री मतदान स्थल नभएको स्पष्ट देखिएको छ ।
संवाददाता । शनिबार, कार्तिक २६, २०७९ मा प्रकाशित