Karnali Media
२०८३ जेठ २७ , बुधबार

मंसिर ४ गते जनता न्यायाधीश हुन् : यामलाल कंडेल



सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश इन्चार्ज तथा सुर्खेत क्षेत्र नं.२ प्रदेश सभा ‘क’ का उम्मेदवार यामलाल कंडेलले मंसिर ४ गतेका निम्ती जनता न्यायाधीश भएको बताएका छन् । फैसला गर्दा के फैसला गर्नुहुन्छ त्यो तपाईकै फैसलामा तपाई कै भविश्य र तपाई कै अवस्थालाई परिवर्तन गर्ने कुरा निर्भर गरिरहेको बताए ।

अहिले देशैभरी जनता दुई ध्रुबका बिभाजित बताउँदै । केपि शर्मा ओलीले नेत्तृत्व गरेको नेकपा एमालेको पक्षमा जनता एकपछि अर्को स्वत: उल्र्लीयर जनसागरमा परिणत भएर नेकपा एमालेका सभाहरु भैरहेको बताए । आईतबार वीरेन्द्रनगर सुर्खेतमा भएको नेकपा एमालेको आमसभालाई सम्बोधन गर्दै नेता कंडेलले गठबन्धन सिद्धान्त र विचार नमिल्नेहरुको समुह भएको र यसले जनताको अवस्था परिवर्तन गर्न नसक्ने संज्ञा दिए ।


कांग्रेस र माओवादीको अस्तित्व हराएको बताउँदै उनले भने, ‘आज कांग्रेस आयो भन्ने नारा सुनिदैन माओवादी आयो भन्ने नारा सुनिदैन गठबन्धन आयो भन्ने सुनिन्छ यस्तै हो भने केही बर्षमा गठबन्धन पार्टी नै बन्न सक्छ ।’ नेता कंडेलले नेकपा एमालेले कर्णाली र देशमै विकास गर्न सक्ने बताउँदै अब एमालेमा झन आकर्षण बढ्दै जाने बताए ।

प्रकाशित मिति : २०७९ कात्तिक २८ गते सोमबार