Karnali Media
२०८३ जेठ २७ , बुधबार

सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सुरु



सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ।

दुइ निर्वाचन क्षेत्र रहेको सुर्खेतमा आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एक लाख २२ हजार ६ सय ७४ मतदाता रहेकोमा ६२ दशमलव १० प्रतिशत मत अर्थात ७६ हजार एक ८३ मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।


११:३० बजे देखि मतगणना गर्ने सर्वदलीय बैठमा सहमति भएको थियो र सोही अनुसार मतगणना सुरु भएको प्रदेश निर्वाचन अधिकृत दुर्गा प्रसाद चालिसेले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ मंसिर ५ गते सोमबार