सुर्खेत । सुर्खेत क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका उम्मेदवारले सुरुवाती अग्रता कायम गरेका छन् । हिजो भएको निर्वाचनको अहिले मत गणना जारी छ ।
हालसम्मकाे मत गणना अनुसार सत्ता गठबन्धनका साझा उम्मेदवार हृदयराम थानीले २ सय ६८ मत प्राप्त गरेका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार अमृत बिसीले २ सय ५० मत प्राप्त गरेका छन् । ७ मत बदर भएका छन् ।
संवाददाता । सोमबार, मङि्सर ०५, २०७९ मा प्रकाशित