फाईल तस्बिर :
सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका-६ मा आइतबार स्थगित भएको केन्द्रमा मतदान सुरू भएको छ।
निर्वाचन कार्यालयका अनुसार सिम्ता गाउँपालिका–६ को प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको मतदान सिम्ता बहुमुखी क्याम्पसमा सुरू भएको हो ।
मतदान अधिकृतको गल्तीका कारण प्रतिनिधि सभाको १०० मतपत्र प्रदेश सभाको बाकसमा खसेपछि उक्त केन्द्रमा विवाद सिर्जना हुँदा मतदान स्थगित गरिएको थियाे । यहाँ २ हजार ९ सय मतदाता छन् ।
संवाददाता । मङ्गलबार, मङि्सर ०६, २०७९ मा प्रकाशित