सुर्खेत । जुम्लाबाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष तर्फ उम्मेदवार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाहीले फराकिलो अग्रता निरन्तर बढाउँदै गएका छन् । हालसम्म ६ हजार ९ सय २७ मतगणना हुदा ज्ञानेन्द्र शाहीले ४ हजार ९१ मत प्राप्त गरेका छन् । यस्तै उनलाई पछ्याईरहेकि गठबन्धनबाट माओवादी केन्द्रकि उम्मेदवार गोमा गौतम कुँवरले १४ सय ४९ मत प्राप्त गरेकि छन् । शाही अहिले २ हजार ६ सय ४२ मतान्तरले अगाडी छन् ।
यस्तै, नेकपा एमालेका रतननाथ योगीले ७ सय ९८, नेपाल मजदुर किसान पार्टीका डिल्ली काफ्लेले १ सय ५० मत प्राप्त गर्दा ३ सय ७० मत बदर भएका छन् ।
संवाददाता । मङ्गलबार, मङि्सर ०६, २०७९ मा प्रकाशित