Karnali Media
२०८३ जेठ २८ , बिहीबार

हुम्लामा प्रतिनिधि सभा सदस्यको मतगणना स्थगित



सुर्खेत । हुम्लामा खसेको भन्दा धेरै मतपत्र भेटिएपछि हुम्लामा मतगणना स्थगित भएको छ ।

प्रतिनिधि सभा सदस्यको मतगणना बिहीबार राति साढे १२ बजेदेखि रोकिएको निर्वाचन आयोगले जनाएको छ ।


एउटा मतदान केन्द्रको मतपेटिकामा मतपत्र बढी देखिएपछि मतगणना स्थगित भएको हो ।
हिमज्योती माध्यमिक विद्यालयको केन्द्रको मतपेटिकामा मतपत्र बढी देखिएको हो । १२ देखि १५ मतपत्र बढी देखिएको भन्दै एमालेले मत गणना रोक्न माग गरेको हो ।

स्थगित भएको मतगणना अहिलेसम्म पनि सुरु हुन सकेको छैन ।

प्रकाशित मिति : २०७९ मंसिर ९ गते शुक्रबार