सुर्खेत, १४ मंसिर । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा भाग लिएका विभिन्न राजनीतिक दलमध्ये ९ दलले २ लाख मत कटाएका छन् ।
जसमध्ये नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नेकपा -एकीकृत समाजवादी_लगायतले २ लाख बढी मत ल्याएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालले भने समानुपातिक तर्फ २ लाख मत पुर्याउन सकेको छैन् । नेमकिपासहित धेरै पार्टीहरुले १ लाख मत पुर्याउन सकेका छैनन् ।
१ लाख मत नल्याउने दलको नाम हेरौं
– नेपाल मजदुर किसान पार्टी–७३ हजार ६१८
– हाम्रो नेपाली पार्टी– ५३ हजार ९२४
– मंगोल नेशनल अर्गनाइजेशन –४७ हजार ८१०
– राष्ट्रिय जनमोर्चा–४५ हजार ७२८
– नेपाल संघीय समाजवादी पार्टी–३९ हजार ७९७
– नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी लेनिनवादी)–२९ हजार ६५५
– राष्ट्रिय जनमुक्ति पार्टी –२३ हजार ३५५
– जनता प्रगतीशिल पार्टी नेपालले १७ हजार ७७५
– संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च–१७ हजार ४४९
– नेपाली कांग्रेस (बी.पी) –११ हजार ८८३
– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल –११ हजार ६३०
– नेपालका लागि नेपाली पार्टीले ८ हजार ७२
– आमुल परिवर्तन मसिहा पार्टी नेपाल–६ हजार ३०७
– विवेकशील साझा पार्टी–३ हजार ९०७
– जनसमाजवादी पार्टी नेपाल–२ हजार ३७
– राष्ट्रिय जनमुक्ति पार्टी –१८ सय ३३
संवाददाता । बुधबार, मङि्सर १४, २०७९ मा प्रकाशित