जनमत पार्टीका अध्यक्ष सिके राउत र नेपाली कांग्रेसका उपसभापति तथा पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ।
सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित खड्का र सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित राउतबीच आइतबार खड्काको निजी निवास गल्फुटारमा भेटवार्ता भएको हो।
खड्काले राउतलाई उनको पार्टीको विजयका लागि बधाई तथा शुभकामना दिएको बताइएको छ।
यस्तै, भेटमा हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा तथा नयाँ सरकार निर्माण र सत्ता गठबन्धनमा सहकार्य गर्ने विषयमा छलफल भएको जनाइएको छ।
संवाददाता । आइतबार, मङि्सर १८, २०७९ मा प्रकाशित