Karnali Media
२०८३ साउन २४ , आइतबार

आज राष्ट्रपति भण्डारी सुर्खेत आउँदै



सुर्खेत । नेपाल पत्रकार महासंघको आज र भोलि अर्थात पुस ८ र ९ गते सुर्खेतको वीरेन्द्रनगरमा आयोजना हुने केन्द्रीय साधारण सभाको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुने भएको छ।

केन्द्रिय साधारणसभा सुर्खेतमा अन्तिम तयारी पूरा भएको छ। देशभरबाट पत्रकारहरू सुर्खेत आएका छन्। सुर्खेत सभाहलमा हुने उक्त साधारणसभामा देशभरका करिब ६०० बढी पत्रकारको सहभागीता रहनेछ ।


आज हुने पत्रकार महासंघको केन्द्रीय साधारणसभाको उद्घाटन राष्ट्रपतिले गर्ने कार्यक्रम रहेको नेपाल पत्रकार महासंघ सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति : २०७९ पुस ८ गते शुक्रबार