काठमाडौं, १० पुष । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालबीचको निर्णायक भेटवार्तामा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालपनि मिसिएका छन् ।
सरकार गठनकेन्द्रित छलफलमा सरकारको पहिलो चरणको नेतृत्व कसले गर्ने भन्नेबारे सहमति हुन सकेको छैन् । पहिलो चरणको प्रधानमन्त्रीमा देउवा र दाहालको दाबी कायमै छ ।
दाहालले पहिलो चरणको नेतृत्व आफूले नपाए गठबन्धनबाट बाहिरिने चेतावनी दिएका छन् । निर्णायक छलफलमा बस्नुअघि देउवा र दाहाल दुवैले आफ्ना पार्टीका नेताहरुसँग छलफल गरेका थिए ।
संवाददाता । आइतबार, पुष १०, २०७९ मा प्रकाशित