Karnali Media
२०८३ असार १५ , सोमबार

कर्णाली प्रदेश सभाका जेष्ठ सदस्य शाहले लिए सपथ



सुर्खेत । कर्णाली प्रदेशका जेष्ठ सदस्य विनोद कुमार शाहलाई सोमबार प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनियताको सपथ खुवाएका छन् । नेकपा एमालेका प्रदेश कमिटी अध्यक्ष समेत रहेका शाह ६६ बर्षका भए । कर्णाली प्रदेशका ४० जना सांसदमा उनी जेष्ठ सांसद हुन् ।

दैलेख क्षेत्र नम्बर २ प्रदेश सभा (ख) बाट निर्वाचित शाहले प्रदेश प्रमुखबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेसँगै उनले कर्णालीका अन्य ३९ जना सांसदलाई आज दिउँसो ३ बजे पद तथा गोपनियताको सपथ खुवाउने छन् ।


प्रकाशित मिति : २०७९ पुस ११ गते सोमबार