सुर्खेत । कर्णाली प्रदेश सभाका नवनिर्वाचित सांसदहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । सोमबार नवनिर्वाचित सांसदहरुले सपथ लिएका हुन् ।
कर्णाली प्रदेश सभाका जेष्ठ सदस्य विनोद कुमार शाहले प्रदेश सभा निर्वाचन ऐन २०७४ को दफा ७५ बमोजिम नवनिर्वाचित सांसदहरुलाई सपथ खुवाएका हुन् । शाहले आज विहान ११ बजे प्रदेश प्रमुख तिलक परियारबाट पद तथा गोपनियताको सपथ लिएका थिए ।
४० सदस्यिय कर्णाली प्रदेश सभामा २४ जना प्रत्यक्ष र १६ जना समानुपातिक सांसद रहेका छन् । जसमा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, एकीकृत समाजवादी र राप्रपाका १/१ र स्वतन्त्र १ जना सांसद रहेका छन् ।
संवाददाता । सोमबार, पुष ११, २०७९ मा प्रकाशित