सुर्खेत । कर्णाली प्रदेश सभाका नवनिर्वाचित सांसद घनश्याम भण्डारीले विकास, समृद्धि र सुशासनका लागि प्रदेश सरकार चाहिन्छ भन्ने बनाउन गरी काम गर्ने बताएका छन् । एउटा पक्ष संघियता खारेज गर्नुपर्छ प्रदेश चाहिन्न भन्ने छ । त्यो पक्षलाई प्रदेश चाहिन्छ भन्ने बनाउने हिसाबले काम गर्ने साथै जनताकाबीचमा गरेका प्रतिवद्धता पुरा गर्नेगरी काम गर्ने उनले बताए ।
कर्णाली प्रदेश सरकार राजनितीक रुपमा सफल भयो । सबैले घरदैलोमा मन्त्री तथा माननीय पायौं तर वित्तिय संघियता र प्रशासनिक संघियता कार्यान्वयन हुन नसकेको बताउँदै । अब आउने प्रदेश सरकारले पहिलो प्राथमिकतामा आर्थिक र प्रशासनिक संघियता कार्यान्वयन गर्ने गरी प्रदेश निजामती ऐन, प्रदेश प्रहरी ऐन लगाएतका केही महत्वपूर्ण ऐनहरु ल्याउने उनको भनाई छ । यस्तै प्रदेशमा बजेट कम छ । साथै भएको बजेट पनि कार्यान्वयन हुन नसकेको बताउँदै प्रदेशमा भएको विकास बजेटको कार्यान्वयनका लागि जनशक्ति व्यवस्थापन आवश्यक रहेको सांसद भण्डारीले बताए ।
प्रदेशलाई कानुनी रुपमा शक्षम बनाउने र त्यो कानुनबाट प्रदेशमा भएको विकास निमार्णलाई कार्यान्वयन गर्ने कुरामा उनले जोड दिए ।
दैलेख क्षेत्र नम्बर २ प्रदेश सभा (क) नेपाली काग्रेसबाट निर्वाचित भएका सांसद भण्डारी २०७४ को निर्वाचनमा दुल्लु नगरपालिकाको मेयर पनि बनेका थिए । नगरप्रमुख हुदाको केही अनुभवका आधारमा प्रदेश सरकारलाई सक्रिय बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाई छ ।
संवाददाता । मङ्गलबार, पुष १२, २०७९ मा प्रकाशित