Karnali Media
२०८३ जेठ २७ , बुधबार

पुस २५ मा संघीय संसदको पहिलो अधिवेशन आह्वान



सुर्खेत । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको पहिलो अधिवेशन आह्वान गरेकी छन्। राष्ट्रपति भण्डारीले पुस २५ गते दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए।

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशनका लागि सिफारिस गरेको थियो। प्रतिनिधि सभाको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ।


प्रकाशित मिति : २०७९ पुस १२ गते मंगलबार