Karnali Media
२०८३ जेठ २७ , बुधबार

कर्णालीमा एमाले संसदीय दलको नेता छान्न बैठक बस्दै



सुर्खेत । कर्णालीमा नेकपा एमाले संसदीय दलको नेता छान्न आज संसदीय दलको बैठक बस्दै छ।

संसदीय दलको नेताको लागि नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् प्रदेश इन्चार्ज यामलाल कंडेल र एमाले प्रदेश कमिटीका अध्यक्ष विनोद कुमार शाह आकांक्षी छन् । शाह दैलेख बाट निर्वाचित सांसद हुन भने कंडेल सुर्खेत बाट प्रदेश सभामा निर्वाचित सांसद हुन् ।


२०७४ को निर्वाचनमा पहिलो बनेको एमालेको नेतृत्व नेता कंडेलले आफ्नो नेतृत्वमा भने कर्णाली प्रदेश सरकार निर्माण गर्न सकेनन् । प्रदेश सभामा आफ्नो नेतृत्वको सरकार बनाउने आकांक्षाले उनले निर्वाचनमा पुनः प्रदेश सभा नै रोजेका थिए।

प्रकाशित मिति : २०७९ पुस १३ गते बुधबार