सुर्खेत । नेपालका १० औं शाहवंशीय राजा स्वर्गीय वीरेन्द्र शाहको ७७ औं जन्मजयन्तीको अवसरमा आज सुर्खेतको वीरेन्द्रनगरका युवाहरूले वीरेन्द्रचोकमा रहेको सालिकमा माल्यार्पण दिप प्रज्वलन तथा सरसफाई कार्यक्रम गरेर राज वीरेन्द्रको जन्मजयन्ती मनाएका छन्।
राजा वीरेन्द्रको सम्झनामा वीरेन्द्रचोकको सरसफाई, राजाको सालिकमा माल्यार्पण र दिप प्रज्वलन गरिएको सुर्खेतका युवा तथा यश कार्यक्रमका अगुवा भरत शाही ठकुरीले बताए। बिक्रम संवत् २००२ सालमा आजकै दिन जन्मेका राजा वीरेन्द्रले वि.सं. २०२८ देखि वि.सं. २०५८ सम्म नेपालको शासन गरेका थिए। २०५८ जेष्ठ १९ गते तत्कालीन नारायणीहिटी राजदरवारमा राजा बीरेन्द्र सहित परिवार कै हत्या भएको थियो ।
नेपालमा राजा वीरेन्द्रलाई जनप्रेमी एवम् उदार राजाका रुपमा लिइन्छ । उनले नेपाललाई शान्ति क्षेत्र बनाउने प्रश्ताव विश्वसामु राखेर शान्तिवादी राजाको छवि समेत बनाएका थिए।
तस्बिरहरु:
संवाददाता । बिहिबार, पुष १४, २०७९ मा प्रकाशित