Karnali Media
२०८३ कात्तिक २३ , आइतबार

आज कर्णाली प्रदेश सभाको अधिवेशन हुदै



सुर्खेत । आज कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आह्वान गरिएको छ। नेपालको संविधान धारा १८३ को उपधार ९१० बमोजिम प्रदेश प्रमुख तिलक परियारले प्रथम अधिवेशनका लागि आह्वान गरेका हुन्।

बुधबार दिउँसो १ बजे अधिवेशन हुने भएको छ । आजै बिहान ११ बजे कर्णाली प्रदेश सभाका जेष्ठ सदस्य विनोदकुमार शाहले सर्वदलिय बैठक पनि बोलाएका छन् । प्रथम अधिवेशन आह्वानको लागि बुधबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुखको कार्यालयलाई पत्र पठाएको थियो।


कर्णाली प्रदेश सभाको दोस्रो कार्याकालको पहिलो बैठको अध्यक्षता कार्यवाहक सभामुखको रुपमा प्रदेश सभाका जेष्ठ सदस्य विनोदकुमार शाहले गर्ने छन्।

प्रकाशित मिति : २०७९ पुस १८ गते सोमबार