Karnali Media
२०८३ जेठ २७ , बुधबार

आज कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन अधिवेशन सुरु



सुर्खेत । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन सुरु भएको छ । नेपालको संविधान धारा १८३ को उपधार ९१० बमोजिम प्रदेश प्रमुख तिलक परियारले प्रथम अधिवेशनका लागि आह्वान गरेका थिए। कर्णाली प्रदेश सभाको दोस्रो कार्याकालको पहिलो बैठको अध्यक्षता कार्यवाहक सभामुखको रुपमा प्रदेश सभाका जेष्ठ सदस्य विनोदकुमार शाहले गरेका छन्।

बुधबार दिउँसो साढे १ बजे देखि अधिवेशन सुरु भएको हो । आजै बिहान ११ बजे कर्णाली प्रदेश सभाका जेष्ठ सदस्य विनोदकुमार शाहले सर्वदलिय बैठक पनि बोलाएका थिए। प्रथम अधिवेशन आह्वानको लागि बुधबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुखको कार्यालयलाई पत्र पठाएको थियो।


प्रकाशित मिति : २०७९ पुस १८ गते सोमबार