Karnali Media
२०८३ भदौ १४ , आइतबार

वीरेन्द्रनगरका १ सय ५० विद्यार्थीहरुको नि:शुल्क दन्त परिक्षण



सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका १ सय ५० जना विद्यार्थीको नि:शुल्क दन्त परिक्षण गरिएको छ। बिहिबार ‘माई ग्रीन एण्ड क्लिन स्कुल’ को आयोजना र शान्त डेन्टल हेल्थ क्लिनिकको समन्वयमा विद्यार्थीहरुको नि:शुल्क दन्त परिक्षण गरिएको हो।

वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ मा रहेको नेपाल आधारभुत प्राथमिक विद्यालका विद्यार्थीहरु दन्त परिक्षण गरिएको ‘माई ग्रीन एण्ड क्लिन स्कुल’का अभियान्ता किरण सापकोटाले बताए। यस्तै उनले अन्य हरित विद्यालय अभियान संचालन भईरहेका विद्यालयमा पनि दन्त परिक्षण सिविर गर्ने जानकारी दिए। बाताबरण सहित विद्यार्थीले आफ्नो स्वास्थमा पनि ध्यान दिनुपर्ने उनको भनाई छ।


दातको परिक्षण गरिएका विद्यार्थीहरुमध्ये करिब ९० प्रतिशत विद्यार्थीहरुमा दातको समस्या भएको डाक्टरले बताए। ‘माई ग्रीन एण्ड क्लिन स्कुल’ सङ्ग शान्त डेन्टल हेल्थ क्लिनिकले समन्वय गरी काम गर्न पाउँदा खुसी भएको डा.नारायण वलीले बताए।

प्रकाशित मिति : २०७९ पुस २१ गते बिहीबार