सुर्खेत । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री पूर्णबहादुर खड्काले नेपाली कांग्रेसले हरेक प्रतिकुलतामा सबैलाई व्यहोरेको बताएका छन् । सामाजिक सञ्जालमा ट्वीट गर्दै नेता खडेकाले त्यस्तो बताएका हुन् ।
कांग्रेसले प्रधानमन्त्रीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई प्रस्ताव गरेको समाचार केही सञ्चार माध्यममा आएपछि उनको यो भनाई आएको हो । कांग्रेसले कुनै आवेगमा आएर कसैलाई प्रधानमन्त्रीमा प्रस्ताव नगरेको र त्यस्तो भ्रममा नपर्न उनले आग्रह गरेका छन् ।
नेता खड्काले लेखेका छन्, “कम बोल्ने मानिस आज बोल्दैछ ? हरेक प्रतिकुलतामा सबैलाई व्यहोरेको छ कांग्रेसले । निर्वाचनपछि प्रचण्ड र केपी ओलीलाई प्रधानमन्त्री नमानेको कांग्रेस नेतृत्वले कुनै पनि आवेगमा अरुलाई प्रधानमन्त्री प्रस्ताव गर्यो भन्ने भ्रमबाट सबैलाई मुक्त हुन हाम्रो विनम्र अनुरोध छ ।”
संवाददाता । शनिबार, पुष २३, २०७९ मा प्रकाशित