सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले समयमा नहिड्नु पनि भ्रष्टाचार भएको बताएका छन् । बास नेपालले सोमबार गरेको कर्णाली प्रदेश स्तरीय भ्रष्टाचार विरुद्धको युवा सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहीले प्रत्येक मिनेटमा विश्वमा थुप्रै विकास भइरहेको बताउँदै हामीले समयमा नहिड्दा पनि भ्रष्टाचार हुने उनको भनाई छ ।
मुख्यमन्त्री शाहीले भने, म सुशासन र भ्रष्टाचार अन्त्य गर्न संघबाट प्रदेशमा आएको हुँ । करिब १३ महिना सरकार चलाए । यो कार्यकालमा मेरो धेरै समय सुशासन स्थापना गर्नमा बितेको छ । अब केही दिनमा मेरो मुख्यमन्त्रीको कार्यकाल सकिएपनी प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले सधै खबरदारी गरिरहने बताए । साथै उनले सबै सङ्ग मिलेर भ्रष्टाचार अन्त्य गर्न लाग्ने पनि बताए ।
कार्वाही गरेर मात्र भ्रष्टाचार अत्य नहुने र त्यसको मुख्य कारण पत्ता लगाई अन्त्य गर्न लाग्नुपर्ने उनको भनाई छ । नेताहरुलाई भ्रष्ट बनाउन जनताले नै प्रशय दिएको बताउँदै उनले उदाहरण दिए “हामी अनियमितता गरेर योजना पार्ने नेतालाई महान भन्छौ, एसएलसीमा चिट चोराउने नेतालाई महान भन्छौ । यो प्रवृती अन्त्य गर्नुपर्छ ।”
“हाम्रो देश सुनले फुलेको छ, हामी निन्द्रामा झुलेका छौ ।” मुख्यमन्त्रीले भने ।
संवाददाता । सोमबार, पुष २५, २०७९ मा प्रकाशित