Karnali Media
२०८३ भदौ १४ , आइतबार

कांग्रेसले परिस्थितिलाई मूल्याङ्कन गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको हो : उपसभापति खड्का



सुर्खेत । नेपाली काँग्रेसले अहिलेको परिस्थितिको मूल्याङ्कन गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बताए ।

उपसभापति खड्काले नेपाली कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा सुरक्षित रहेको बताउँदै मङ्गलवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा पनि परिस्थितिको मूल्याङ्कन गरेर नै सरकारको समर्थन गरेको र अहिले पनि विशेष परिस्थिति रहेका कारण सरकारको समर्थन गरेको बताए ।


उनले भने, ‘२०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा पनि हामी प्रमुख प्रतिपक्षमा थियौँ । त्यो बेला पनि त्यसबेलाको परिस्थितिलाई ध्यानमा राखेर हामीले विश्वासको मत दिएका थियौँ । त्यहीअनुसार यस पटक पनि देशको परिस्थितिको ध्यान राख्दै, परिस्थितिलाई बुझेर, हामीले विश्वासको मत दिएको हो ।’

प्रकाशित मिति : २०७९ पुस २६ गते मंगलबार