Karnali Media
२०८३ असोज १ , बिहीबार

कर्णालीका नवनियुक्त मुख्यमन्त्री शर्माको शपथ ग्रहण आज



सुर्खेत, २८ पुस । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले आज पद तथा गोपनीयताको शपथ ग्रहण लिदैछन्। मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका माओवादी केन्द्रका शर्माले आज शपथ लिन लागेका हुन्।


शपथ ग्रहण आज प्रदेश प्रमुखको कार्यालयमा दिउँसो ३ बजेका लागि समय ताकिएको छ। शर्मालाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

प्रकाशित मिति : २०७९ पुस २८ गते बिहीबार