Karnali Media
२०८३ भदौ २५ , बिहीबार

कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका मुख्यमन्त्रीको शपथ ग्रहण आज



सुर्खेत, पुस २८ । कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका बुधबार नियुक्त भएका मुख्यमन्त्रीले आज शपथ लिने भएका छन्।

नेकपा एमाले, राप्रपा, एकीकृत समाजवादीसहितको समर्थनमा कर्णाली प्रदेशका मुख्यमन्त्री बनेका राजकुमार शर्माले पनि आजै शपथ लिने कार्यक्रम छ। उनलाई आज दिउँसो ३ बजे प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ खुवाउनेछन् ।


लुम्बिनी प्रदेशमा माओवादीसहित सत्तारुढ गठबन्धनको समर्थनमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री नियुक्त भएका छन्। उनलाई प्रदेश प्रमुख अमिक शेरचनले आज दिउँसो १ बजे शपथ गराउने छन्।

यस्तै सुदूपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र रावलले पनि आजै शपथ लिनेछन्। माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त रावलले आज दिउँसो ४ बजे प्रदेश प्रमुख देवराज जोशीसँग पद तथा गोपनियताको शपथ लिने कार्यक्रम छ।

प्रकाशित मिति : २०७९ पुस २८ गते बिहीबार