सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पद तथा गोपनियताको सपथ लिएका छन् । बुधबार मुख्यमन्त्रीमा दाबी गरेका शर्माले बिहिबार प्रदेश प्रमुख तिलक परियार समक्ष सपथ लिएका हुन्।
नेकपा माओवादी केन्द्रबाट रुकुम पश्चिम (२) बाट निर्वाचित भएका शर्माले कर्णालीको तेस्रो मुख्यमन्त्री बनेका हुन् । संविधानको धारा १७२ बमोजिम शर्माले मुख्यमन्त्रीको सपथ दिएका हुन् । उनलाई मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका १३ जना, एमालेका १० जना, राप्रपाका १ र एकीकृत समाजवादीका १ जना गरी २५ जना सांसदले समर्थन गरेका छन् ।
आजै कर्णाली प्रदेशमा एमालेका विनोद कुमार शाह र माओवादीका मंगल शाहीले विना विभागिय मन्त्रीको सपथ लिदैछन् ।
संवाददाता । बिहिबार, पुष २८, २०७९ मा प्रकाशित