सुर्खेत, २ माघ । ७२ जना सवार यती एयरलाइन्सको एटीआर विमान दुर्घटना भएकोमा सरकारले सोमबारका दिन अत्यावश्यक सेवाबाहेक आज शोक बिदा दिएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रिय झण्डा आधा झुकाइने गृह मन्त्रालयले जानकारी दिएको छ ।
आइतबार बिहान १०ः३२ बजे काठमाडौंबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित उडेको यति एयरको एटीआर ७२ विमान १०ः५० बजे विमानस्थल नजिकैकौ सेती नदीको खोचमा दुर्घटना भएको थियो ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
संवाददाता । सोमबार, माघ ०२, २०७९ मा प्रकाशित