सुर्खेत । आइतबार पोखरामा भएको यति एयरको विमान दुर्घटनामा मृत्यु भएकाहरूप्रति सुर्खेत वीरेन्द्रचोकमा सोमबार श्रद्धाञ्जली तथा दिप प्रज्वलन गरिएको छ।
माघ १ गते पोखरामा अवतरणको क्रममा दुर्घटना भएको यती एयरलाइन्सको जहाजमा मृत्यु हुनेहरूको सम्झनामा सोमबार वीरेन्द्रचोकमा वीरेन्द्रनगर जेसीज, सुर्खेत महिला जेसीज, अप्टिमिस्ट इन्टरनेशनल क्लब सुर्खेत, मोटे ग्याङ नेपाल र नेपाल जोतीष परिषद्, सुर्खेतको आयोजनामा दीप प्रज्वलन तथा शोक सभा गरिएको हो ।
दीप प्रज्वलन सङ्गै दुर्घटनामा मृत्यु हुनेहरु प्रती श्रद्धाञ्जली व्यक्त गर्दै अप्टिमिस्ट इन्टरनेसनल क्लव सुर्खेतका अध्यक्ष यामुना सापकोटा पुराना प्लेन हटाउनु पर्ने आवाज समेत उठाईन् । यस्तै, सामाजिक विकास मन्त्रालयका सचिव सन्त बहादुर सुनारले हवाई यात्रा सुरक्षित बनाउन सबैको ध्यानाकर्षण गर्दै मृतकप्रती श्रद्धाञ्जली व्यक्त गरे ।
संवाददाता । सोमबार, माघ ०२, २०७९ मा प्रकाशित